खेलकुद बिकासकालागी समिती बनाउने तयारी : नगर प्रमुख जीवन थापा

नागरिक समाचार
बिचफाँटा, भदौ २०
पुनर्वासमा खेलकुदका उत्कृष्ट खेलाडी उत्पादन गर्नका लागी नगरस्तरीय समिती बनाएर खेलकुद क्षेत्रको बिकासका लागि नगरपालिकाले योजना बनाउने तयारी गरेको नगर प्रमुख जीवनराज थापाले बताएका छन् ।

पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटामा प्याराताल युवा क्लबले हरितालिका तीजको अबसर पारेर आयोजित गरेको फुटबल प्रतियोगिताको मंगलबार उद्घाटनका अबसरमा बताएका हुन । उनले भने पुनर्वासमा राष्ट्रिय स्तरमै कुशल खेल प्रदर्शन गर्न सक्ने खेलाडीहरुको बिकास हुने सम्भावना रहेकाले नगरपालिकाले योजना निर्माण गरेर खेलाडीको क्षमता अभिवृद्धिको पहल गर्ने तयारी गरेको छ ।

मंगलबार आयोजित फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले भने ” पुनर्वासमा एकल प्रयासले युवाहरु खेलकुद क्षेत्रमा लागेका छन । अब खेलकुदकै माध्यमबाट पुनर्वासलाई देशमा चिनाउन नगरपालिकाले बिशेष कार्यक्रम र योजना बनाएर खेलाडीहरुको क्षमता बिकास गर्न लाग्ने तयारी गरेको छ ।

प्रमुख अतिथि रहेका नगर प्रमुख थापाले भने प्याराताल युवा क्लब ऐतिहासिक महत्व बोकेको प्यारातालको चिनारी समेत हो । तसर्थ प्यारातालको संरक्षण गर्नु हामी सबैको दायित्व हो । उनले भने केही वर्ष यता प्याराताल माथी भइ रहेको भारतीय अतिक्रमण हटाउन नगरपालिकाको तर्फ बाट आफुले कुटनैतिक तवरले हल गर्न परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री समक्ष प्रस्ताव राखेको छु ।

बिगत २० वर्ष अघि देखि बिचफाँटामा प्याराताल युवा क्लबले हरितालिका तिजको अबसर पारेर फुटबल खेलको आयोजना गर्दै आएको छ । मंगलबार उद्घाटन भइ बिधिवत रुपमा फुटबल प्रतियोगिता सुरु गरिएको उक्त प्रतियोगितामा पुनर्वास क्षेत्रका १८ वटा टिमको सहभागिता रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s